,

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस

Bimala Sene Avatar

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजील्याण्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत नेपाल सरकारका  उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। 

नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search