राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू बेलायतमा

Bimala Sene Avatar

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायत आइपुगेको छ ।

पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा बेलायतमा हुने विविध कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल शनिबार बेलायत आएको हो ।

बेलायतको गेटवीक विमानस्थलमा दिउसो उत्रिएका नेताहरुलाई समाजका अध्यक्ष रोशन सापकोटा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत राप्रपा कार्यकर्ता र शुभचिन्तकहरुले स्वागत गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनकी धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की सहभागी छन् ।

बेलायत उत्रिएपछि अध्यक्ष लिङ्देनले नेपालका हरेक निर्णयमा प्रभाव पार्ने नेपालीहरु अहिले संसारभर छरिएकाले उनीहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्ने पार्टीको नीति बमोजिम अन्तरक्रियाका लागि आफूहरु यूके आएको बताए ।

इंग्ल्याण्ड र स्कटल्याण्डमा हुने अन्तरक्रियामा बेलायतमा रहेका नेपालीको सीप, ज्ञान र पूँजी नेपालको हितमा कसरी लगाउने भन्नेबारे छलफल हुने उनले जनाए । 

कार्यक्रममा ‘एक पटकको नेपाली सधैंको नेपाली’ हुनुपर्छ र त्यसले मातृभूमिसंगको सम्बन्ध जीवन्त राख्न मद्दत पुग्छ भन्ने पार्टीको धारणा औपचारिक रुपमा प्रस्तुत गरिने पनि अध्यक्ष लिङ्देनले बताए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search