,

रहिनन् संसारकै वृद्ध व्यक्ति ब्रान्यास

Bimala Sene Avatar

एजेन्सी । विश्वकै वृद्ध व्यक्ति मारिया ब्रान्यास मोरेराको निधन भएको छ । द गार्डियनका अनुसार ११७ वर्षको उमेर ब्रान्यासको मंगलबार निधन भएको हो।

गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्‍यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वकै वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो।

ब्रान्यास सन् १९०७ मा अमेरिकामा जन्मेकी थिइन्।

‘मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,’ उनको परिवारले सामाजिक सञ्जालमा लेखेको छ, ‘उहाँको सम्झना सधैं रहनेछ।’

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको शान्टा मारिया डेल तुरा नर्सिङ होममा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफूले कमजोर महसुस गरिरहेको बताएकी थिइन्।

‘मेरो समय आइसकेको छ। मेरा लागि कोही नरूनू, मलाई आँसु मन पर्दैन। मेरा लागि दुःख नमान्नू। म जहाँ रहे पनि खुसी रहनेछु,’ आफ्नो परिवारले चलाउने सामाजिक सञ्जालमार्फत् उनले भनेकी थिइन्।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका भएकी छन्। सन् १९०८ मे २३ मा जन्मिएकी टोमिको हाल ११६ वर्षकी छन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search