यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आगामि जेठ १० गतेभित्रमा पुर्नबास र पुर्न्निर्माणको लािग यूवा परिचालन सम्बन्धी कार्यबिद्यी बनाएर एक लाख यूवा परिचालन गर्ने तयारी भईरहेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौमा गरेको साक्षात्कारमा उहाले युवा परिचालन सम्बन्धी कार्य्विधी अनुमोदनको लागि मन्त्री परिषदमा प्रस्तुत भईसकेको बताउँदै त्यो पारित हुने वित्तिकै कार्यान्वयनमा लाने बताउनुभयो।
मन्त्री पौडेलले अहिले नेपाल स्काउट, खेलकुद सम्बन्धी संघ सस्था र सञ्जालबाट ५ देखि ७ हजार यूवा परिचालन भईरहेको र कार्यबिद्यी पारित भए दलमा आवद्ध यूवा कार्यकर्ता र संघ सस्थामा रहेका यूवाहरुलाई समन्वय गरेर एक लाखसम्म यूवा परिचालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो। उहाले कायबिद्यी सँगै दश वर्षे युथ भिजन पनि मन्त्री परिषदमा रहेकोले तत्काल अनुमोदन हुनु पर्ने भन्दै देश निर्माणको लागि स्थायी रुपमै युवा परिचालन गर्न बनाईएको युवा परिषद ऐन संसदमा रहेको धारणा राख्नुभयो। मन्त्री पौडेलले राष्ट्र पुर्ननिर्माणमा यूवाहरुको भूमिका र नेतृत्व स्थापित गर्न आम सञ्चारमाध्यमले समेत भूमिका खेल्नु पर्ने बताउनुभयो।
if (document.currentScript) {