गत बैशाख १२ र २९ गते गएको बिनासकारी भुकम्पिय धक्काका कारण अति प्रभावित जिल्लामा एमाले आवद्ध युवा शत्तिले एक सय अस्थाइ घर बनाइदिने भएका छन्। उनीहरुले पटक पटकको धक्काले क्षति पुर्याएका अति प्रभावित जिल्लाहरुमा अस्थाइ घर बनाइदिन लागेका हुन्। पुल्चोक इन्जिनियरिङ् कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा एमाले निकट युवा शक्ति नामक संस्थाले घर बनाउन लागेको जनाएको छ। सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि आफ्नो घर आफै बनाउ अभियान अन्तरर्गत पहिलो चरणमा अति प्रभावित ९ जिल्लामा घर बनाउने जानकारी गराईएको थियो। उनीहरुले पहिलोपटक गोरखा, धादिङ्, नुवाकोट, रसुवा, काभ्रेपलानचोक, दोलखा, रामेछापमा क्रमस १०, १० वटा घर बनाउने र सिन्धुपाल्चोक र चितवनमा १५, १५ वटा घर निमार्ण गरिदिने जनाएको छ।
जेष्ठ १० सम्ममा सम्पन्न गर्ने गरि सुरु गरेको अभियानमा स्थानीय पिडितहरुको समेत संम्लग्नता रहने बताइएको छ। एमाले नेता सुरेन्द्र पाण्डेको सहयोगमा युवा शत्तिले पिडितलाई घर बनाईदिने भएका हुन्। कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले राहतका नाममा अव आर्थीक सहयोग गर्नु पर्नेमा जोड दिनु भयो। उहाले जस्ता पाता पनि बाहिर बाट ल्याएको नभइ नेपालकै खपत गर्नु पर्ने बताउनु भयो। घर निमार्णमा जस्तापाता, पाल, ढुङ्गा, बाँस, रुखका पातहरु ठाउँहेरी प्रयोग गरेर बनाइने युवाहरुको भनाइ छ। झण्डै दुई बर्ष सम्म टिकाउ हुने सो घर निमार्णको लागत १५ हजार रुपैया लाग्ने विद्यार्थी ईन्जिनियरहरुले बताएका छन्।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);