लन्डन । युमा साम्यो महासभा युकेले याक्थुङ लिम्बुहरुको महान् पर्ब चासोक् तङ्नाम् आयोजना गरेको छ । गत शनिवार आसफोर्डमा बिबिध कार्यक्रमका साथ चासोक् तङ्नाम मनाइएकाे हाे ।
कार्यक्रमलाई यम्बा तुतु फेदाङ्मा दल बहादुर फुरुम्बो र युमा साम्यो युकेका अध्यक्ष दिल पालुङ्वाले दिप प्रज्वलन गरेर समुद्घाटन गरेको थिए । कार्यक्रमको पहिलो चरणमा फेदाङ्मा दल बहादुर फुरूम्बोद्वारा पुजापाठ गरिएकाे थियाे । युमा साम्यो महासभा युकेका सल्लाहकारद्वाेय नरेन्द्र माबोहाङ र लोकेंद्र तबेबुङले तकसोत थिस्सोत चासोक् तङ्नाम बारे प्रस्टाएका थिए ।
कार्यक्रममा युमा साम्यो महासभा युकेले नेपाल बाट आएका कलाकारहरू गंगा फियाक र अम्रिता सम्बाङ्फेलाई सम्मान पत्र सहित नगद प्रदान गरेको थियो भने सेवारो कलाकार संघ युकेले पनि नेपाल बाट आएका याक्थुङ कलाकार गायिका गंगा फियांकलाई सम्मान गरेकाे थियाे ।
युकेबासी सबै याक्थुङ लिम्बुहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा बिशेष अतिथी किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष कमला सेन्दाङ, हाङ्मा लावती अध्यक्ष याक्थुङ वेन्सा चुन्भो युके, किरात याक्थुङ चुम्लुङ युके शाखा अध्यक्ष तथा प्रतिनिधिहरु, थामेन्दिङमा कियाचु युके सह-कोषाध्यक्ष सरला काम्बाङ, माङ्गेना चुम्लुङ युके, नेपाल पत्रकार महासंघ युके अध्यक्ष बिमला सेने, योगराज राई ,राजेन्द्र खिम्दिङ अध्यक्ष किरात तथा साहित्य उत्थान संघ, लिम्बुवान नागरिक समाज युके अध्यक्ष छत्र वनेम, डम्मर सिंगक लगायतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा लोकप्रिय च्याब्रुङ नाच, धान नाच, हाक्पारे, पालाम लगायत सांस्कृतिक याक्थुङ लिम्बुहरुको ऐतिहासिक नाच लाम्बा उङ्मा, तामओके र तुरुप्पे प्रस्तुत गरिकाे थियाे । सांस्कृतिक कार्यक्रम संयोजक भगवती थलङले संचालन गरेका थिए । संघका अध्यक्ष दिल पालुङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरीभक्त आङ्बुहाङ्ले स्वागत मन्तब्य राखेका थिए भने सहसचिब सानु सुब्बाले कार्यक्रम सन्चालन गरेका थिए ।