यलम्वरहाङ फुटवल कपको उपाधि क्यू जी सिगनल्सले हात पारेको छ ।
१५ औं यलम्बरहाँङ फूटबल कपको उप विजेतामा टिडवोर्थ वरियर्स ले चित्त वुझाउनु पर्यो । २० अप्रिल २०२४ सनिवारको दिन किरात याक्थुङ चुम्लुङ युकेले आफ्नै मैदान (चुम्लुङदेन) मा पहिलो पटक ५ वटा फुटवल पीच वनाएर आयोजना गरेको फुटवल खेलमा मेन तर्फ १६ वटा टिमले भाग लिएका थिए । बिजयी टिमले £१००० र उप बिजयी टिमले £५०० नगद रासी र ट्रफी हात परेका छन । मेन अफ म्याच मौसम राई र बेस्ट स्कोरर एफ्सी तोङ्बा का चेत गुरुङ् भए ।
भेट्रान अन्तरगत ८ टिमले भाग लिएका थिए। फाइनलमा इन्टेक ०४ लाई हराउदै क्यु जीएस मास्टरले भेट्रान कप हात परेको छ । बिजयी टिमले £६०० र उप बिजयी टिमले £३०० नगद रासी र ट्रफी हात परेका छन । बेस्ट खेलाडी बिकास देवान (क्यू जी मास्टर) र बेस्ट गोल सोम थापा (ईन्टेक ०४) भए ।
त्यसै गरि ४ टिमले भाग लिएको सुपर भेट्रानमा धरान एफ्सी र ईलाम एफ्सी फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट ईलाम एफ्सी बिजयी र धरान एफ्सी उप बिजेता भए । बिजयी टिमले £६०० र उप बिजयी टिमले £३०० नगद रासी प्राप्त गरे । बेस्ट खेलाडी लोक लिम्बु ईलाम एफ्सी र बेस्ट गोल लेख राई ईलाम एफ्सी भए ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष नरवीर आङवोको अध्यक्षतामा भएको पुरस्कार तथा ट्रफि वितरण कार्यक्रममा उपाध्यक्ष अमृता पालुवाले स्वागत मन्तव्य गर्नुभएको थियो । महासचिव जुरेन्द्र खजुमले संचालन गरेको सो कार्यक्रममा एन आर एन ए युकेका अध्यक्ष प्रेम गाहा मगर, केवाइसी सस्थापक अध्यक्ष खड्गजंग आङवो, पाचथर समाजका अध्यक्ष सान्ती खिम्दिङ लगायत विभिन्न सस्थावाट अतिथिहरुको उपस्थिती थियो । आफनै चुम्लुङदेनमा पहिलो पल्ट आयोजित फुटवल प्रतियोगित हेर्न दर्शकहरुको वाक्लो उपस्थिती थियो । बेलायतमा बसोबास गर्दै आएका लिम्बुहरुको साझा लगानिमा मेडिस्टोनको येल्डिङमा खरिद गरेको १६ एकर जमिनमा २०१९ देखि किरात याक्थुङ चुम्लुङ युकेले आफ्ना वार्षिक कार्यक्रमहरु गर्दै आएको छ ।