लन्डन । बेलायतमा सम्पन्न यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ ।
२६ अप्रिल शनिबारको दिन किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा चुम्लुङ्देन मेडस्टोनमा भएको प्रतियोगितामा फार्नबोरो इलाइटलाई १–० अन्तरको गोलले पराजित गर्दै एफसी केन्टले उपाधि जितेको हो ।
उपाधिसँगै एफसी केन्टले एकहजार पाउण्ड नगद र ट्रफी हात पारेको छ । विजेता टिमलाई किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष कमला सेन्दाङ लिम्बु, प्रमुख अतिथी पूर्वमन्त्री विजयप्रकाश थेबे, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतका अध्यक्ष मेजर योगेश कोयू राई लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा खुल्लासँगै भेट्रान र सुपर भेट्रान खेल खेलाइएको थियो ।




