काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले ताज पहिरिएकी हुन् ।
पोखराको होटल ग्रान्डमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुन मगर सेकेन्ड रनरअप घोषित भए । थर्ड रनरअप रश्मी आले मगर तथा भ्युअर च्वाइस अवार्ड माया दर्लामी मगरले जिते ।
एसटी क्रिएसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलगायतको सहभागिता थियो ।
कार्यक्रमलाई निट डेन्टल केयर प्रालि आइवा एजुकेसन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एन्ड ट्रेकिङ प्रालि, युमे जापानिज ल्याङवेज, सोल फेसन, परिचय एड्भटाईजिङ, त्रिपुरा लाउन्च, मुग्लान रेस्टुरेन्ट आदीको सहयोग थियो । अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगीले करिब एक महिनासम्म सिकेका कुरालाई ग्रान्ड फिनालेमा प्रस्तुत गरेका थिए ।
मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्युज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी थिए ।