प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ। प्रधानमन्त्री कोइरालाले उहाँलाई हालसम्म गर्नुभएको कामका लागि धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार संविधानको धारा ३८ को उपधारा ५ बमोजिम व्यवस्थापिका–संसद्का सभासद् कृपासुर शेर्पालाई मन्त्री पदमा नियुक्त गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
}