,

मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्टको चौथो नयाँ कार्यसमिति चयन

Bimala Sene Avatar

लन्डन । मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्टको चौथो कार्यसमिति चयन भएको छ ।  गत शनिबार १८ जनवरी २०२५ मा समूहको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट बालकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमिति उपाध्यक्षहरुमा सकुन्तला गुरुङ, दिलु गुरुङ, सचिव आशा गुरुङ, सहसचिव प्रेमकुमारी गुरुङ, कोषाध्यक्ष हेमकुमारी गुरुङ र सहकोषाध्यक्ष रुपा गुरुङ चयन भए ।

 
माने कोर्डिनेटर तारा/डोल्मा गुरुङ, सहमाने कोर्डिनेटर बन्दना गुरुङ, फुड आईसी उमा गुरुङ, सहफुड आईसी सारा गुरुङ, कल्चरल सेक्रेटरी उमादेवी गुरुङ, सहकल्चरल सेक्रेटरी निशा गुरुङ तथा कार्यसमिति सदस्यहरुमा भीमप्रसाद गुरुङ (साउण्ड सिस्टम), कमला/प्रेम गुरुङ, रत्न गुरुङ र गोलमान गुरुङ (मिडिया) चयन भएको निर्वाचन समितिले जनाएको छ । 

अधिवेशनमा संरक्षक, सल्लाहकार, सदस्यहरू र शुभचिन्तकहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने संरक्षक, सल्लाहकार, सदस्यहरू र शुभचिन्तकहरूलाई अध्यक्ष बालकुमारी गुरुङले धन्यवाद दिइन् । यस्तै उनले संस्थापक अध्यक्ष कमला (ज्ञानु) गुरुङ, संरक्षक गणेश गुरुङ र सल्लाहकार टोलीलाई विशेष धन्यवाद दिँदै जसले संस्थालाई धार्मिक र सामाजिक उन्नतिमा निरन्तर प्रोत्साहन दिए, उनीहरुलाई आभार प्रकट गरेकी छन् । 

अध्यक्ष बालकुमारीले चौथो कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ नेतृत्वले समूहलाई अझ उचाइमा पुर्‍याउँदै धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेकी छन् । 

बौद्ध धर्मको आदर्शमा आधारित मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्ट सन् २०१३ मा स्थापना भएको हो। स्थापना भएदेखि नै यस समूहले धार्मिक आस्था, तमूहरुको सांस्कृतिक संरक्षण र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आफ्नो विशेष पहिचान बनाउँदै आएको छ ।

यो संस्थाका संस्थापक अध्यक्ष कमला (ज्ञानु) गुरुङको नेतृत्वमा स्थापना भएको हो । उनको दूरदर्शिता, समर्पण र नेतृत्वले समूहलाई धार्मिक आस्था र परम्पराको प्रतिबिम्बमात्र बनाएको छैन । यसले समुदायलाई एकताबद्ध गर्दै आएको छ । साथै, संरक्षक गणेश गुरुङको मार्गदर्शन र निरन्तर समर्थनले संस्थाको प्रगतिमा अभूतपूर्व योगदान पुर्‍याएको छ । उनको विचारधारा र शिक्षाले समूहलाई धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा प्रेरणा प्रदान गरेको छ । 

समूहको स्थापना बौद्ध धर्मको शिक्षालाई आत्मसात गर्दै धार्मिक परम्परा, सांस्कृतिक पहिचान र सामाजिक सेवामा समर्पित उद्देश्यका साथ भएको हो । संस्था धर्मगुरु खेन रेन्पोछे शिर लामा गुरुङ गुरुको आशीर्वादमा सञ्चालित छ । उनको मार्गदर्शनले संस्था धर्म, करुणा र शान्तिको प्रतीक बनेको छ ।

समूहले केन्टवासी बौद्ध धर्मावलम्बी गुरुङहरूलाई लक्षित गरी समुदायका बौद्ध धर्म, तमू संस्कार र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बनाउँदै सामाजिक सहकार्यको सन्देश दिएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search