लन्डन -दुत पुन । मगर संघ यूकेको आयोजनामा शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न कार्यक्रम गरी मगर दिवस सम्पन्न भएको छ ।
कार्यक्रम संघ अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रम कार्यक्रममा नेपाल मगर संघका संस्थापक स्वर्गीय हेमबहादुर पुन, प्रथम सहिद लखन थापा र पूर्वमन्त्री स्व.गोरेबहादुर खपाङ्गीको तस्बिरमा माल्यार्पण समेत गरिएको थियो ।
विशेष अतिथिको रुपमा नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुनमगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तीमगर थिए । यस्तै अन्य अतिथिहरूमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष मेजर योगेश कोयी राई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बोम सूर्यवंशी थापामगर, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु पे ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ, तमु धिं युके आमा समुहका अध्यक्ष कमला गुरुङ, किरात राई यायोक्खा युकेका अध्यक्ष आसा राई, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, मगर संघ नेडरल्याण्डका अध्यक्ष नेत्र राना, मगर संघ पोर्चुगलका उपाध्यक्ष चुमया थजाली मगर, नेपाल मगर संघ केन्द्रिय सह कोषाध्यक्ष क्याप्टेन निल बहादुर थापा मगर, लम्जुङ्ग समाज युकेका अध्यक्ष दल बहादुर गुरुङलगायत बेलायतमा स्थापित सम्पूर्ण जातीय संघ संगठनलगायत अन्य क्षेत्रीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।
४३ सौं मगर दिवसका अवसरमा मगर संघ यूकेका शाखाका अध्यक्षहरु, विभिन्न संघ संस्थाका अगुवाहरु, आमन्त्रित पत्रकारहरुलगायत मास्टर डिग्री उतिर्ण गरेका मगर विध्यार्थिहरु र समाजमा राम्रा छवी बनाएका मगरहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको वाहुलीबाट मगर संघ युकेको मुखपत्र कानुन लांघा र मगर इतिहाँसकार बम कुमारी बुढा मगरको पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा मगर संघ यूकेका शाखाहरु लन्डन, रेडिङ, वेम्बली, केन्ट, यूएचएसबी, स्वीइडन, वेल्स, प्लमस्टिड, वेस्ट लन्डन, क्याट्रिकलगायतबाट मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
तस्बिरहरु





















