मगर संघ युकेको १६ औं नेपाली ओपन कन्सर्ट गायक राजु लामाको साथ जुन १५ मा ।

Bimala Sene Avatar

लण्डन । मगर संघ युकेको १६ औं नेपाली ओपन कन्सर्ट यस वर्ष जुन १५ मा मेडिस्टोन केन्टमा हुने भएको छ । यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन् ।

म्यूजिक फर युनिटी MUSICR FOR UNITY ! नाराका साथ गर्न लागिएको कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो अध्यक्षा सीता पुनले कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिदै मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिने जानकारी दिनुभये। पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ । टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ । सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ । कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ ।

कन्सर्टमा लाइभ ब्यान्डको प्रस्तुतिमा गायक लामाले प्रस्तुति गर्नेछन्। भने बेलायतस्थित सिक्का ब्यान्ड , मगर गट ट्यालेन्ट युके विजयता २०२३ (Dancer) Rubiya Thapa, र केही लोकदोहोरी कलाकारसमेतको प्रस्तुति रहने कन्सर्ट प्रमुख संयोजक एवम् संघका उपाध्यक्ष होम रोकाले जानकारी दिए।

कन्सर्टमा बालबालिकाका लागि खेल र नेपाली परिकार लगायतका ४० बढी व्यापारिक स्टलहरु समेत रहने छन् ।

बिगतमा मगर संघ युकेले फार्नब्रो, अल्डरसटमा आयोजना गर्दै आएको सो ओपन कन्सर्ट यसवर्ष केन्टस्थित केन्ट इभेन्ट सेन्टरमा लगिएको छ । कन्सर्टमा तीन सय भन्दा बढी अतिथिहरु निम्त्याइएको छ भने करिब ४ हजार भन्दा बढी मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories