लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याबारे नेपाल र बेलायत सरकारका बीच भइरहेको वार्ताअन्तर्गत प्राविधिक स्तरको वैठक मंगलबार रक्षा मन्त्रालयमा सम्पन्न भएको छ ।
भूपू गोर्खाहरुका माग मुख्यतया पेन्सन तथा कल्याणकारी विषयहरुमा छलफल भएको थियो। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको थियो। बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उप-नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्ग, मेजर(अ.प्रा.) उदयबहादुर गुरुङ्ग, मेजर(अ.प्रा.) टिकेन्द्र दल देवान, कृष्ण कुमार राई, धर्मबहादुर तामाङ्ग तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।