प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको उद्दार र राहतका लागि आएको सहयोग दूरुपयोग नहुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । कोइरालाले विभिन्न निकायबाट आएको सहयोग पीडितहरुसमक्ष पुगोस भन्नेमा सरकार सचेत रहेको भन्दै सरकारी निकायसँग समन्वय गरेर राहत सामग्री वितरण प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउनुभयो । राष्ट्रसंघीय उपमहासचिव र युरोपेली आयोगका आयुक्तको भेटमा प्रधानमन्त्रीले प्राकृतिक विपत्तिको यो घडीमा राष्ट्र संघले गरेको सहयोगको सराहना गर्नुभयो ।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);
भूकम्प पीडितको उद्दार र राहतका लागि आएको सहयोग दूरुपयोग नहुने
