नेपाल प्रहरीले भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु गरेको छ। सरकारी कार्यालयमा रहेका महत्वपूर्ण कागजात , कम्प्युटरको हार्ड डिक्स , पैसा लगाएतका महत्वपूर्ण सामाग्री निकाल्ने कार्य सुरु गरिएको प्रहरीले जनाएको हो। सरकारी कार्यालयमा रहेका सामानहरुको बिबरण नआउदा खोजीमा समस्या भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक बिश्व राज पोखरेलले जानकारी दिनुभयो। यसअघि हाराजंगस्थीत कर कार्यालयबाट अती महत्वपूण कागजात तथा नगद खोजी गर्दे प्रतिनिधीहरुलाई बुझाएको उहाले जानकारी दिनुभयो। प्रहरीले काठमाडौमा रातो चिन्ह लगाईएका करिव १५ सय घरहरुलाई भत्काउनुपर्ने भएपनि सामाग्रीको अभावमा भत्काउन नसकिएको जनाएको छ ।