भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग गर्दे भूकम्प पिडित परिवार संघ नेपाल गठन गरेका छन्। बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे राहत बितरणमा रहेको अनियमितताका लागी खवरदारी गर्ने लगाएका काम गर्न संघ स्थापना गरेको जानकारी दिईयो। त्यस्तै संघले अस्थायी बास स्थान निर्माण गर्न १५ हजार मात्र अपुग भएकाले ५० हजारको व्यबस्था गर्न सरकारलाई दवाब दिने समेत जनाएको छ। पिडित परिवारको बास्तबिक क्षती संकलन गर्न सघाउनका लागी सबै जिल्लामा समिति गठन गर्ने समितिका अध्यक्ष रविन घिमिरेले बताउनुभयो। समितिले अति प्रभावित क्षेत्रका बिद्यार्थीहरुलाई १२ कक्षासम्म निशुल्क पठनपाठनको व्यबस्था गर्नुपर्ने माग अघि सारेको छ।
if (document.currentScript) {