बेलायत सरकारबाट प्राप्त १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार

Bimala Sene Avatar

काठमाडौँ- सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले एसियाली विकास बैङ्कबाट प्रस्तावित २० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा १० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले वताउनु भयो ।

यसैगरी बैठकले राजश्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश श्यामजी प्रधानलाई र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायधीश जनक पाण्डे लाई तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूह तर्फको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search