, , , ,

बेलायतमा हुने १५औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा

Bimala Sene Avatar

लन्डन । तमु धीं यूकेको आयोजनामा यही अगस्ट २५ तारिखमा हुने १५ औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । 

तमु धीं यूकेका उपाध्यक्ष एवं १५औँ नेपाली मेलाका संयोजक परशु गुरुङले अन्तिम तयारीमा रहेको जानकारी गराएका हुन् । ‘यही महिना आइतबार २५ अगस्ट २०२४ का दिन केम्पर्टनपार्कमा नेपाली राजदूतावासको सहकार्यमा तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित १५औँ नेपाली मेलाको आयोजना हुन गइरहेको कुरा प्राय: सर्वसाधारणलाई अवगत भइसकेको छ,’ संयोजक गुरुङले फेसबुकमा लेखेका छन्, ‘यतिखेर आयोजक समिति निकै व्यस्त छन् अन्तिम तयारीमा । करिब ९०प्रतिशत कामहरू पूर्ण भइसकेको अवस्था छ ।’ 

संयोजक गुरुङले गत सालमा भन्दा यस पटक कार्यक्रमको रूपरेखा केही फरक हुने जानकारीसमेत गराएका छन् । उनले रेस्टुरेन्ट, ब्रान्डेड लत्ता कपडा, घरायसी सरसामानहरूका साथै अन्य व्यवसायी स्टलहरू धेरै राख्ने जानकारी गराए । 

यस्तै ११ सय पाउन्ड धनराशि रहेको राजदूत कप र थुप्रै नगद पुरस्कारहरू रहेको राजदूत कप र एनआरएनए यूके कपमा प्रतिस्पर्धा गर्नको लागि गत सालको भन्दा धेरै संघसंस्थाहरू सहभागी हुने पनि उनले जनाए । यस कार्यक्रमको बारेमा बृहत् रूपमा जानकारी गराउनको लागि यहीं आइतबार अगस्ट १८ तारिख तमु धीं यूकेको  आफ्नै भवन बेलायतमा रहेको करिब ४० वटा भन्दा बढी पत्रकारहरूको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको संयोजक गुरुङले बताए । 

विभिन्न समुदाय र जातजातिको आफ्नो मौलिक संस्कार, संस्कृति र रीतिरिवाजमा आधारित झाँकी र नृत्यहरू एकै दिन सामूहिक प्रस्तुत गरिने बेलायतमा एक मात्र ऐतिहासिक बृहत् कार्यक्रम यो १५औँ नेपाली मेला-२०२४ मा बेलायतमा रहेका सम्पूर्ण नेपाली इष्टमित्रहरू सपरिवारसहित उपस्थित भई कार्यक्रम सभ्य र भव्य बनाइदिन संयोजक गुरुङले अनुरोध गरेका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search