बेलायतमा नेपाली नागरिकता निरन्तरतासम्बन्धी अन्तरक्रिया

Bimala Sene Avatar

लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले ‘वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार १० अगस्टमा सागरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको हलमा सीएनसीबीजीले वंशजको नेपाली नागरिकता निरन्तरता विषयमा अन्तरक्रिया कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न भएको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिए । उनले ‘वंशजको नागरिकता नत्यागौं, निरन्तरता अभियानमा एकजुट होऔं’ भन्ने सन्देश समुदायस्तरमै पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

समूह फोक्स्टन, केन्टकी अध्यक्ष तारा गुरुङ, नेपाली कलाकार प्रस्तोता समाज फोक्स्टन, केन्टकी अध्यक्ष जानुका पुन, ओखलढुङ्गा जिल्ला समाज फोक्स्टन, केन्टकी उपाध्यक्ष राजदेवी, मगर समाज फोक्स्टन, केन्ट शाखाका अध्यक्ष क्या. (रि) नानी बाबु मगर, गुरुङ समाज फोक्स्टन, केन्टका अध्यक्ष क्या. (रि) डोलबहादुर गुरुङ थिए । उनीहरु सबैले सीएनसीबीजीले चलाएको वंशजको आधारमा नेपाली नागरिकता निरन्तरता अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धतासहित कार्यसफलताको शुभकामना दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

दिर्ग गुरुङले अभियानलाई सशक्त र दरिलो बनाउन अन्तर्राष्ट्रिय सन्धि र कानुनहरुलाई स्पष्ट पार्दै सबैले ती सन्धि र कानुनहरु बुझ्नु पर्ने आवश्यकतालाई औंल्याएका थिए ।

कार्यक्रमको अन्तिमतिर अध्यक्ष थर्क राना साथै केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरुले अन्तरक्रियामा उपस्थित महानुभावहरुका विभिन्न जिज्ञासाहरुको जवाफ दिएका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search