बेलायतमा नेपालीले सञ्चालन गरेकाे रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार

Bimala Sene Avatar

लन्डन । बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीले सञ्चालन गरेको रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार गरिएको छ ।

बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको उक्त बार एन्ड स्टीम डाइनिङमा मंगलबार राति १:५० बजेतिर पेट्रोल बम प्रहार गरी आगजनी गरिएको हो । आगजनीपछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको छ । दक्षिणपन्थी समूहले आगजनी गरेको हुन सक्ने बताउँदै व्यवसायी अब्जन आचार्यले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

बीबीसीसँग कुराकानी गर्नुहुँदै व्यवसायी आचार्यले आगजनीपछि आफ्नो पब र रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएर बन्द गर्नु परेको बताउनुभएको छ । आचार्यले गत मार्चमा मात्र करिब एक लाख पाउन्ड लगानी गरेर उक्त व्यवसाय सुरु गर्नुभएको थियो । बागलुङका स्थायी बासिन्दा आचार्य सन् २००६ देखि बेलायत आउनुभएको हो ।

बेलायतमा केही साता अघिमात्र एक साता लामो हिंसात्मक दंगा भएको थियो । दक्षिणपन्थी समूहले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर गरेको उक्त दंगा१३ वर्षयता सबैभन्दा उग्र मानिएको छ । गत जुलाई २९ मा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search