बेलायतमा चलचित्र ‘काँडेतार’ प्रदर्शन हुने, चलचित्र प्रमाेशनका लागि सत्यकला राई यूकेमा

Bimala Sene Avatar

लन्डन । नेपाली कथानक चलचित्र ‘काँडेतार’ प्रदर्शन गर्न फिल्म लिएर कार्यकारी निर्मात्री गायिका सत्यकला राई बेलायत आइपुगेकी छन् । 

चेलीमाइती इन्टरटेइनमेन्ट र न्यु होराइजनको सहकार्यमा काँडेतार सेप्टेम्बर १५ तारिख आइबार बेलायत अल्डर्सटको एम्पायर हलमा दिउँसो १ बजे पहिलो सो हुनेछ । 

सोही दिन दिउँसो साढे ४ बजे दोस्रो सो गरेर बेलायतका विभिन्न स्थानमा ‘काँडेतार’ कार्यकारी निर्मातासमेत रहेकी गायिका राई र सहनिर्माताहरूको उपस्थितिमा प्रदर्शन हुनेछ ।

सेन्सर गरेर आफ्नो चलचित्रको मर्म नै धरापमा पारेको र प्रदर्शनका क्रममा पनि अनेक बाधा व्यवधानका कारण प्रदर्शन रोक्न बाध्य पारिएकाले दर्शक दीर्घामा आफैले पुर्‍याएर प्रदर्शन गर्न प्रयास गर्ने निर्देशक खड्काले जनाएका छन् ।  

काँडेतारमा नबल खड्का, गौरव पहाडी, सुराविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता खड्काकै निर्देशन एवं शिवम अधिकारी र नबल खड्काको लेखन रहेको काँडेतार  सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

संगीतकार मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ । नबल खड्का, माकिको राई र अञ्जु केसीकाे निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् । बेलायतमा हुने प्रदर्शन सफलताका लागि मेडवे, केन्ट,युकेका भूमिराज राई शुभकामना दिएका छन् । 

456181855_889306929749343_3812488182720145158_n-1724141699.jpg
चलचित्र काँडेतारले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको नेपालीमाथि अत्याचार र नेपाली भूमिमाथि भइरहेको हस्तक्षेप उजागर गर्दै भारतीय विस्तारवादविरुद्ध जुरमुराउनु पर्ने सन्देश दिएको छ । नेपाली भूमि र सीमा क्षेत्रमा बस्ने नेपालीको सुरक्षाका लागि सिमानामा काँडेतार लगाउनु पर्ने चलचित्र काँडेतारको जोड छ । 

सो चलचित्रमा कैलालीको मोहना नदी पारी रहेको सीमावर्ती नेपाली गाउँ हौसलपुर, शिवरत्नपुर, मोहनपुरको समस्यादेखि लिएर सीमा सुरक्षा गर्ने क्रममा कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमले ज्यान गुमाउनु परेको घटनासमेत उजागर गरिएको छ । 

नेपालका नेता, चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवी र देशभक्तहरूले राम्रो प्रतिक्रिया दिए पनि सहज तरिकाले चलचित्र चल्ने वातावरण भने नमिलेको निर्माण पक्षले जनाएको छ। 

आफ्नो अस्मितामाथि धावा बोल्नेका विरुद्ध उभिन आँट गर्न जागरूक बनाउने र सिमानामा काँडेतार लगाएर देशको सुरक्षा गर्नु पर्ने कथा यस चलचित्रले बोकेको छ। यही कारण नायक तथा निर्देशक नबल खड्काले चलचित्र चलिरहेकै अवस्थामा प्रदर्शन रोकेर हलबाट उतारेका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search