,

बेलायतमा इमिग्रेसन नीतिमा व्यापक कडाइ, भाषाको मापदण्ड र पिआरसम्मका रुटमा चरम कडाइको योजना सार्वजनिक 

Bimala Sene Avatar

लन्डन- बेलायतले आफ्नो इमिग्रेसन नीतिमा व्यापक कडाइ घोषणा गरेको छ । सोमबार बेलायती संसदमा प्रस्तुत सरकारको इमिग्रेसनसम्बन्धि नयाँ श्वेतपत्रमा वर्क र विद्यार्थी भिजादेखि अंग्रेजी भाषाको मापदण्ड र पिआरसम्मका रुटमा चरम कडाइको योजना सार्वजनिक गरिएको छ।

बेलायत सरकारले श्वेतपत्रमार्फत इमिग्रेसन सम्बन्धमा आफ्नो नयां नीति तथा योजनाहरु सार्वजनिक गरेको हो । तर श्वेतपत्रका यी योजनाहरु कार्यान्वयनको चरणमा पुग्नुअघि सोहिअनुसार कानूनहरु निर्माण हुन आवश्यक हुन्छ । त्यसैले अहिले घोषित यी योजनाहरु पब्लिक कन्सल्टेसन हुंदै सबै संसदीय प्रक्रिया पूरा गरी पूर्ण कार्यान्वयन हुन केही समय लाग्न सक्ने जनाइएको छ।

श्वेतपत्रमा समावेश भएका बेलायती इमिग्रेसन नीतिसम्बन्धि मुख्य परिवर्तनहरु निम्नानुसार छन् ।

वर्क भिजामा कडाइ
बेलायतले वर्क पर्मिट रुटको भिजामा कडाइ गर्ने भएको छ । यसअघि ए लेभलसम्म रहेको वर्क भिजा आवेदनका लागि हुनुपर्ने योग्यता बढाएर डिग्री तह पुर्‍याइएको छ ।

वर्क पर्मिटका लागि डिग्री तह योग्यता आवश्यक बनाइएपछि यसअघि बेलायतको वर्क पर्मिट लिन मिल्ने विभिन्न १ सय ८० वटा कामको लागि अब वर्क पर्मिट भिसा लिन नपाइने भएको छ ।

सोसल केयर भिजा बन्द
बेलायतमा सोसल केयरका क्षेत्रमा काम गर्नका लागि विदेशीहरु आउने बाटो बन्द हुने भएको छ ।

कोभिडपछि शुरु गरिएको यो रुटमा चरम शोषण र दुरुपयोग भएको भन्दै बेलायत सरकारले यो रुट बन्द गराउने भएको हो ।

सोसल केयर भिजामा बेलायतमा रहनेहरुले भने सन् २०२८ सम्म यो रुटमा भिसा थप गराउन सक्नेछन् ।

विद्यार्थीको सुविधा घटाइयो
बेलायतमा डिग्री पूरा गर्ने विदेशी विद्यार्थीहरुलाई दिइंदै आएको दुई वर्षको काम गर्ने भिजामा पनि कैंची चलाइएको छ। नयाँ नीतिअनुसार विदेशी विद्यार्थीहरु डिग्रीपछि काम गर्ने पर्मिटसहित डेढ वर्षका लागि मात्रै बेलायतमा रहन पाउने भएका छन् ।

त्यस्तै, शैक्षिक संस्थानहरुले विदेशी विद्यार्थीहरुबाट प्राप्त आम्दानीको ६ प्रतिशत उच्च शिक्षा र सीप व्यवस्थापनमा पुनः लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको छ ।

अंग्रेजी भाषा
बेलायतको भिसा आवेदन गर्दा अब सबै रुटमा अंग्रेजी भाषाको दक्षता प्रमाणित गर्नुपर्ने भएको छ । वर्क पर्मिट भिसा आवेदन गर्न आवश्यक अंग्रेजी भाषा दक्षतासम्बन्धि मापदण्डको तह बढाइने भएको छ ।

त्यस्तै, डिपेन्डेन्ट भिजा रुटमा बेलायतको भिसा आवेदन गर्नेहरुले समेत अंग्रेजी भाषाको दक्षता देखाउनुपर्ने भएको छ ।

पिआर लिन १० वर्ष लाग्ने
बेलायतको पिआर लिन यो देशमा बस्नुपर्ने न्यूनतम अवधि बढाइने भएको छ ।

अधिकांश भिजा रुटमा यसअघि ५ वर्षमा मिल्ने पिआरका लागि अब १० वर्ष लाग्ने भएको छ । डाक्टर, नर्स, इन्जिनियरजस्ता केही हाइ स्किल्ड भिजामा हुनेहरुले मात्र यसअघिकै नीतिजस्तै ५ वर्षमै पिआर आवेदन गर्न सक्नेछन्।

बेलायती नागरिकका डिपेन्डेन्टहरुले पनि ५ वर्षमै पिआर लिन सक्नेछन् ।


Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search