बेलायतमा आत्महत्या गरेकी विनिताको शव नेपाल पठाउन सहयोग जुटाइंदै

Bimala Sene Avatar

लन्डन । केही दिनअघि बेलायतमा आत्महत्या गरेकी विद्यार्थी विनिता चौलागाईंको शव नेपाल पठाउने उद्धेश्यले सहयोग जुटाउन थालिएको छ ।

गत २६ अगष्ट सोमबार बेलायतको बर्मिङहममा मृत भेटिएकी उनको शव पठाउन उनका साथीभाइको पहलमा सहयोग संकलन शुरु गरिएको हो ।

गोफन्डमी पेजमा उनका साथीहरुले जनाएअनुसार बारा निजगढकी २२ वर्षीया विनिता उच्च शिक्षा अध्ययनका लागि गत वर्ष मात्रै बेलायत आएकी हुन् । उनी युनिभर्सिटी कलेज बर्मिङहममा ब्याचेलर डिग्रीमा अध्ययनरत थिइन् ।

परिवारको आर्थिक अवस्था सामान्य रहेपनि बेलायत आउँदा लिएको २५ लाख रुपैंया ऋणको बोझ विनितामाथि रहेको साथीहरुले बताएका छन् । त्यसमाथि पढाइको दबाब र परिवारदेखि टाढा हुंदाको एक्लोपनले सताउँदै जाँदा उनी बिस्तारै डिप्रेसनमा पुगेकी थिइन् ।

विनिताको असमायिक मृत्युबाट विक्षिप्त नेपालस्थित परिवारले उनको शब नेपालमै पुर्‍याएर अन्त्येष्टी गर्न चाहेका तर त्यसका लागि आर्थिक समस्या पर्ने भएपछि साथीहरुले सहयोग संकलन शुरु गरेको बताएका छन् ।

६ हजार पाउण्ड उठाउने लक्ष्य राखिएकोमा शुक्रबार दिउँसोसम्म आधा रकम जम्मा भइसकेको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search