बुद्धिष्ट गुम्बा रेडिङले धर्मदेशना प्रवचन तथा विश्व शान्तिको लागि प्रज्ञापारामित ग्रन्थ वाचन अनुष्ठान गर्ने,

Gurkha Channel Avatar

लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ, यूकेले आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम भव्यरूपमा गर्ने भएकोछ । सनिवार आयोजित पत्रकार सम्मेलनमा गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा गुरूङ (थुप्तेन येशे) ले धर्मदेशना (अन्तराभव श्रवण महाविमुक्ति) कार्यक्रमकोवारे जानकारी गराउदै मृत्यु संस्कारबारेमा वेलायतवासीहरु विच अन्यौलता र विविधता वढदै गएको परिप्रेक्षमा धेरै मानिसहरुको चिन्ता, चासो र जिज्ञासा भएकोले मृत्यु संस्कारलाई एकरुपता दिन, विधि र पद्धतीलाई  सजिलो र सहज बनाउन ज्ञान तथा शिक्षा दिने उध्येश्यले प्रवचन कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो ।

अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रम ११ बजे देखि लगभग २ बजेसम्मको अवधिमा धर्मदेशना गरिने छ भने त्यसबीचमा केही अन्तर्क्रिया गरिने वताउदै मूल गुरु शिर लामाले ‘भर्दो थ्योडोल छेन्मोको धर्म देशनालाई सरल र सबैले बुझ्ने तरिकाले स्पस्ट पार्ने साथै वेलायतको परिवेश र परिस्थिति अनुकुल कसरी परिमार्जित गर्न सकिन्छ भन्ने बारे प्रवचन गरिने बताउदै सवैलाई कार्यक्रममा सहभागिहुन आग्रह गर्नुभयो । वेलुकी ५ वजे सम्म गरिने सो कार्यक्रममा ग्रह शान्तिको लागि च्योयो पूजा पनि गरिने छ ।

त्यसैगरि सेप्टेम्बरको २ तारिख देखि ८ तारिख (एक हप्ता)सम्म वुद्धिष्ट गुम्वा रेडिङमा प्रज्ञापारामित ग्रन्थ वाचन अनुष्ठान पुजा राखिएको छ । भगवान वुद्धको मुल मन्त्र मानिएको १६ ठेली रहेको उक्त ग्रन्थ नेपाल वाट गुम्वामा ल्याईसकिएको छ ।  विश्वशान्तिको लागि प्रज्ञापारामित ग्रन्थ वाचन अनुष्ठान गर्न लागिएको वताउदै मुल गुरु लामाले वुद्धले देखाएको अहिंसाको मार्गलाई अनुसारण गर्न सकियो भने विश्वमा शान्ति स्थापित हुन सक्ने साथै विभिन्न समयमा दिवंगत पित्रीहरुको संझनामा समेत यो सामुहिन अनुष्ठान गर्न लागिएको वताउनु भयो । उक्त ग्रन्थ वाचनको लागि प्रतिदिन ७र८ जना लामागुरुबाट वाचन गरि एक हप्तामा समापन गरिनेछ ।

वाचन कार्यक्रममा दिइएको दान उपस्थित भक्तजनहरुलाई प्रसाद, भोजन गराउने र बचेको रकमले गुम्बाको संरचना निर्माण गर्ने लक्ष्य रहेको गुम्वा संचालक समितीका अध्यक्ष रि. इन्स्पेक्टर खेम बहादुर गुरुङले वताउनु भयो । महासचिव कमल गुरुङले संचालन गरेका पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, कोषाध्यक्ष मेजर रि. बुद्धिबहादुर गुरुङ, ट्रष्टीहरु, पूजा कोअर्डिनेटर लगायत आमा समूहकी अध्यक्ष उषा गुरुङ, मिना गुरुङ, कार्यसमितिका सदस्यहरु, तमुधिंका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, मिडिया कोआर्डिनेटर सुविन्द्र कुमार एसके गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति थियो ।

वौद्धघर्मावलम्विहरुमात्र नभएर सम्पुर्ण शान्ति प्रेमी महानुभावहरुलाई पूजामा उपस्थित भएर धर्म शिक्षाका साथै पुण्यलाभ लिनका लागि गुम्बाले निमन्त्रणासमेत गरेको छ ।रीडिङमा रहेको यो गुम्वा वेलायतमा रहेका नपालीहरुले स्थापना गरेको मध्ये तेश्रो गुम्वा हो । अल्डरसट र पुर्व लण्डनमा वौद्ध गुम्वा स्थापना भइसकेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search