भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले भूकम्पबाट क्षती भएको ऐतिहासिक तथा पुरात्वातिक सम्पदाहरुको लगत राख्ने काम भईरहेको बताउनुभएको छ। बिहीबार ललितपुरको बिभिन्न स्थानको अवलोकन गर्दे मन्त्री निधीले पुरात्वातिक सम्पदाहरुको लगत राख्ने काम सकिएपछि पूननिर्माणको कार्य सुरु गरिने बताउनुभयो। उहाले ऐतिहासिक सम्पदाको मर्म नमेटिने गरि पुननिर्माणको कार्य अघि बढाउने उल्लेख गर्नुभयो। सरकारको सम्पुर्ण ध्यान राहत र पुननिर्माणमा भएको उल्लेख गर्दे मन्त्री निधीले सबै एक भएर अघि बढ्ने बताउनुभयो। ललितपुरमा भूकम्पबाट अधिकांश ऐतिहासिक सम्पदाहरु भत्किएका छन्।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);