संस्दिय समितिले शक्तिशाली भूकम्पले क्षति पुर्याएको बस्तीका बासिन्दालाई अन्यत्र सार्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको व्यबस्थापिका समिति अन्र्तगतको बिकास समितिको बैठकले वर्षा सुरु हुनुअघि नै जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र नसारे राज्यले थप क्षति व्यहोर्नुपर्ने चेतावनी पनि दिएको छ। त्यस्तै भूकम्पको कारण राजमार्गहरुको अवस्था कमजोर बनेको र वर्षासँगै थप समस्या उत्पन्न हनुसक्ने भएकाले बेलैमा त्यस क्षेत्रको अनुगमन गरी विज्ञहरुको टोली पठाउन समितिले ध्यानाकर्षण गराएको छ।
बैठकले पुनःस्थापना र पुनःनिर्माणका लागि प्राप्त सहयोगको अविलम्व परिचालन गर्न पनि समितिले जोड दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो। बैठकमा समिति सदस्यहरुले भूकम्प प्रभावित जिल्लाको केहि स्थानमा जमिन चिरा चिरा भएको अबस्थामा पनि बसोबास कायमै रहेको भन्दै सुरक्षीत स्थानानान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);