बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा

Naresh Ale Avatar

बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले भुकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिको बेला आपूर्ति ब्यवस्था सहज पार्न आगामि ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री थापाले भुकम्प प्रभावित क्षेत्र र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको ब्यवस्था गर्ने तयारीमा रहेको बताउनुभयो।

उहाले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्य मुख्य स्थानमा ब्लाडर स्टोरेज ट्याङक राख्न नेपाल आयल निगमलाई निर्देशन दिईसकेको जानकारी दिनुभयो। न्त्री थापाले नेपालसँग १ लाख ५० हजार क्विन्टल भण्डारण रहेको र बंगलादेशले १ लाख क्विन्टल चामल दिएको एक लाख क्विन्टल वितरण भईसकेको भन्दै अबको तीन महिनाको लागि भुकम्प पीडितलाई खाद्यान्न वितरण गर्न विश्व खाद्य संगठनसँग सम्झौता हुन लागेको उल्लेख गर्नुभयो।

म्भावित बिपत्तिको बेला तत्काल खाद्यान्न संकट हुन नदिन काठमाडौमा ४ हजार र पूर्वको लाहानमा २ हजार मेट्रिक टक खाद्यान्न भण्डारण गर्ने योजना सुनाउँदै स्थानीय निकाय नभएकोले राहत वितरणमा केही समस्या आएको बताउनुभयो। मन्त्री थापाले सरकारको ध्यान अब राहत भन्दा पनि अस्थायी बसोवासमा भएको भन्दै विहीबार नै जस्ता पाता किन्न प्रतिपरिवार १५ हजारको दरले ४ अर्व रुपैया निकास भईसकेको जानकारी दिनुभयो।

}

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search