,

बाढी-पहिरो प्रभावित जिल्लामा राहत उपलब्ध गराउन गृहले गर्‍यो कार्यदल गठन

Bimala Sene Avatar

काठमाडाैं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि ८ जना सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। 

काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको विज्ञप्तिमा उल्लेख छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्।

कार्यदलले पुस २० गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ। 

कार्यदलले अति भारी वर्षका कारण उत्पन्न बाढी-पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने छन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search