बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमती प्रदेशमा मात्र १९२ को मृत्यु

Bimala Sene Avatar

काठमाडौं  : अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्।

गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना बेपत्ता रहेका छन्।  

धादिङ र ललितपुरमा ३९/ ३९ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ। योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ। ललितपुरमा ११ जना अझै बेपत्ता छन्। पाँचथरमा ६ जनाको मृत्यु भएको छ। 

भक्तपुर,सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search