काभ्रे- जापानले बनेपा–बर्दिबास सडक (बीपी राजमार्ग) निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको छ। २५ अर्ब जापानी येनको लागतमा सन् १९५५ बाट सुरु भएको सडक २०१५ मार्च १ मा सम्पन्न भएको थियो। १ सय ६० किलोमिटर लामो सडक पूर्वी तराई जोड्ने यो वैकल्पिक मार्गसमेत हो।मुग्लिन–नारागणगढ सडकको विकल्पसमेत मानिने यो मार्ग प्रयोग गरे १ सय ८० किलोमिटर कम दूरीमा पूर्वी तराई पुग्न सकिन्छ। सडकले काभ्रे, रामेछाप, सिन्धुली, महोत्तरी जिल्ला समेट्छ।
प्रधानमन्त्री सुशील कोइराला, भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधि, नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जाइकाका नेपाल प्रतिनिधि चुतोमो सिमिजुले संयुक्त रूपमा सडकको उद्घाटन गरे। प्रधानमन्त्री कोइरालाले वातावरणमैत्री र ठूलो मिहिनेत गरेर सडक बनाएर उपहार दिएकोमा जापानप्रति आभार व्यक्त गरे।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);