काठमाडौँ : फोर नेसन्स कप अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा टुंगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा दुवै टोलीले २–२ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। म्यानमारका लागि म्याट नोए खिन र म्हे लुले १/१ गोल गरे।
नेपलका लागि सावित्रा भण्डारी र सविता राना मगरले १/१ गोल गरे।