,

फोनिज प्रदेश-१ (कोशी) को अध्यक्षमा विजयवोध लावती

Bimala Sene Avatar

इलामः  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश-१(कोशी) को अध्यक्षमा विजयवोध लावती सर्वसम्मत निर्वाचित भएका छन् । पाँचथरको फिदिममा सोमवार सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । फोनिजको नेतृत्वका लागि लामो रस्साकस्सीपछि माहधिवेशन सम्पन्न हुने अन्तिम समयमा सहमतीय प्रणालीबाट लावती चयन भएका हुन् । अध्यक्षमा दावेदार उदयपुरबाट राजेन्द्र राई  ‘दुष्ट’ ,धनकुटाबाट बिनु चेम्जोङ र इलामका रामकुमार योङ्हाङ नेतृत्व लिने आकांक्षी थिए ।

२०६० सालबाट फोनिज पाँचथर शाखाको संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्य बनेका लावती २०५८ सालबाट संचारकर्ममा आवद्ध भइ नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्र पाँचथरका संवाददाताका रुपमा कार्यरत छन् ।  प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनी बुद्धि चाल संघ पाँचथरका अध्यक्ष एवं लिम्बु पत्रकार संघ वरिष्ठ केन्द्रीय उपाध्यक्ष साथै विभिन्न संघसंस्थामा सकृय छन् ।

उपाध्यक्ष  खनेन्द्रकुमार राई ‘अर्जुन’ ,महिला उपाध्यक्ष सुप्रिया राई , महासचिव लीलाबहादुर सुनुवार , संगठन सचिव रामचन्द्र बंमजन, संस्थागत सचिव दिलबहाद्र राई र  कोषाध्यक्ष सन्दिप याम्फु चयन भएका छन् ।

खुला सदस्यमा  अरुणकुमार राई ,अजय सन्तोषी राई ,कृष्ण फुरुम्बो लिम्बू र मौसम सम्वाहाम्फे चयन भए ।

महिला सदस्य  रमिला दनुवार ,मेनुका बमजन र निशा राईलाई चयन गरिएको छ भने संस्थागत सदस्य अमित तामाङ ,जयराम पूर्वाछाने ,श्रवन चौधरी र निश्चल राजभण्डारी चुनिएका छन् ।

यसैगरी अल्पसंख्यक सदस्य  नेत्रकुमार सुनुवारलाई चयन गरिएको  दिपीन राईको संयोजकत्वमा अधिवक्ता सन्तकुमार राई र निलिफा सुब्वा रहेको निर्वाचन समितिले जानकारी दिए ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि पाँचथर प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद कमल प्रसाद जवेगु, फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राई, जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख याम कुमार आङ्वो, फिदिम नगरपालिका उपमेयर राधाकृष्ण न्यौपाने, फाल्गुनन्द गाउँपालिका पाँचथरका उपाध्यक्ष ठाकुरसिं नेम्वाङलगायतको विशेष आतिथ्यतामा उद्घाटन गरिएको थियो । जिल्ला समन्वय समिति पाँचथरको फिदिमस्थित सभाहलमा सम्पन्न कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

१४ वटै जिल्लाबाट कारीब दुई सय भन्दा बढी प्रतिनिधि,पर्यवेक्ष र अतिथिहरुको सहभागीतामा सम्पन्न महाधिवेशन प्रदेश समितिकाअध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको थियो । यसै अवसरमा अग्रज छ जना फोनिजकर्मीलाई सम्मान पनि गरिएको साथै समितिले निर्माण गरेको अग्रगामी कदम भाग दुई स्मारिका  विमोचन गरिएको जनाइएको छ ।

फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँपालिका पाँचथरले महाधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग गरेको महासचिव तथा कार्यक्रम संचालक सुसन राईले जानकारी दिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search