भूकम्प पिडित पत्रकारका लागी नेपाल प्रेस युनियनले सुरु गरेको राहत संकलन अभियानमा राहत रकम संकलन हुने क्रम जारी छ। यसै क्रममा प्रेस युनियनका केन्द्रिय पार्सद लोक राज अधिकारीको पहलमा अमेरिककामा बसोबास गर्ने नेपालीलेहरुबाट प्राप्त भएको ९१ हजार रुपैया बुधबार सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजाल मार्फत प्रेस युनियन केन्द्रिय समितिलाई हस्तान्तरण गरिएको छ। यसअघि पनि अधिकारीको पहलमा संकलन भएको केहि रकम प्रधानमन्त्री दैबी उद्दार राहत कोषमा जम्मा गरिएको थियो। सञ्चारमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रिजालले युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देललाई हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोग हस्तान्तरण गर्दे मन्त्री रिजालले जनतामा सूचना प्रभाव गर्ने सञ्चारकर्मीका लागी सुरु गरिएको अभियान सकारात्मक भएको भन्दै सरकारले पनि सहयोग गर्ने बताउनुभयो। प्रेस युनियनले भूकम्पबाट पिडित भएका सञ्चारकर्मीहरुको बिवरण संकलन गर्ने कार्य जारी गरेको भन्दै सहयोग गर्ने जनाएको छ।