भूकम्प पीडितको अवस्था बुझ्न सँगै निस्किएका प्रमुख दलका शीर्ष नेताहरुले देशमा परेको विपत्तिको सबै मिलेर सामना गर्ने बताएका छन्। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु नेपाली सेनाको हेलिकोप्टर चढेर रसुवा, नुवाकोट र धादिङको अवलोकन गरेका छन्। सँधै एकले अर्कोलाई गाली गर्ने नेताहरुले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै विपत्तिको यो घडिको सबै मिलेर सामना गर्ने बताएका हुन्।