प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना मठ,मन्दिर र गुम्बा निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ। मंगलबार बालुवाटारमा नेवाःस्वायत्त राज्य मंकाः संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै कोइरालाले विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुको पुनः निर्माण गर्दा त्यस्को मौलिकता, ऐतिहाँसिकता र साँस्कृतिक पहिचानलाई ध्यानमा राखेर गरिने बताउनुभएको हो। नेपालको सम्पती नै ऐतिहाँसिक धरोहर भएको भन्दै प्रधानमन्त्री कोईरालाल पुराना ऐतिहाँसिक सम्पदाको पूर्ननिर्माणलाई बिशेष ख्याल राखेर गरिने आश्वासन समेत दिनुभयो। संघर्ष समितिले भने शहरी क्षेत्रमा रहेका ठूला अपार्टमेन्ट, तथा अग्ला भवनका आसपासमा बसोबास गर्ने नागरिकहरु असुरक्षित भएको भन्दै व्यवस्थित बसोबासको लागि व्यवस्था मिलाउन आग्रह गरेका थिए।
}