नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले भूकम्प पिडितहरुका लागी ५ सय अस्थायी घर टहरा निर्माणको अभियान सुरु गरिएको जानकारी दिनुभएको छ। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे पौडेलले ५ सय घर टहरा निर्माणको नेतृत्व लिने घोषणा गर्दे अभियान सुरु भएको जानकारी गराउनुभएको हो। उक्त अघियान गोरखा , धादिङ , सिन्धुपाल्चोक , नुवाकोट , रामेछाप , काभ्रे , दोलखा , ओखलढुङ्गा मकवानपुर , तनहु रसुवा र चितवनको चेपाङ बस्ती लगाएतका अत्याधिक प्रभाव परेको जिल्लाका गाउहरुमा सञ्चालन गरिने उहाले बताउनुभयो।
अभियानाका लागी काग्रेससम्बद्ध १५ सय युवा परिचालन गरिने पत्रकार सम्मेलनमा जनाईएको छ। अभियानमा एक सय भन्दा बढि युवा ईन्जीनियरहरु सहभागी भएका छन्। अभियानको पहिलो चरणमा गोरखा जिल्लाको पालुङटार ८ स्थीत उपल्लो मालतीगौरा गाउमा ३३ अस्थायी टहरा निर्माण गर्न एक सय युवा गोरखा प्रस्थान गरेको पौडेलले जानकारी दिनुभयो।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);