प्रकाशमान सिंह

Oman Gauchan "Hanson" Avatar

उपप्रधान तथा स्थानीय बिकास मन्त्री प्रकाशमान सिंह धादिङ पुगी भूकम्पबाट प्रभावित भएका बिभिन्न स्थानको निरिक्षण गर्नुभएको छ। भूकम्प प्रभावित जिल्लाहरुको अनुगमन गर्दे उहाले स्थानियहरु छलफल गर्दे समस्याका बिषयमा चासो व्यक्त गर्नुभएको थियो। उपप्रधानमन्त्री सिंहसंग स्थानिहरुले गुसानो राख्दै खाद्य सामाग्रीका साथै नया बसोबास गर्ने स्थान खोज्नुपर्ने बताएका थिए। त्यस्तै सरकारले भनेजस्तो राहत रकम पनि नपठाएको स्थानियहरुको गुनासो छ।

उक्त अबसरमा सिंहले आर्थिक कारणले मात्र नभइ आपत परेको बेला जसले जुनसुकै तवरले पनि सहयोगको हात फैलाउन आग्रह गर्नुभयो। भूकम्पपछि उद्धार र राहतका कार्यमा सबै मिलेर एकजुट भए जस्तै पुनर्निर्माण र पुनर्वासका लागि पनि त्यहि भावना अनुरुप काम गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै मन्त्री सिंहले जिल्लामा देखिएको अभावलाई पूर्ति गर्नका लागी सम्बन्धीक निकायलाई निर्देशन समेत दिनुभयो। कार्यक्रममा सिंचाई मन्त्री एनपी साउदले सरकारले उद्धार र राहतको काममा कुनै पनि कमि हुन नदिने बताउनुभयो।

if (document.currentScript) {

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search