उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले सरकारले राहत बितणमा कुनै कञ्जुसाई नगरेको बताउनुभएको छ। मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री सिंहले उद्धार राहत र पुनस्थापनाका लागी सरकार लागी परेको बताउनुभएको हो। उहाले राहत बितरणका क्रममा सरकारको आलोचना भएपनि सरकारले भने आफ्नो कार्य निरन्तर गरेको धारणा राख्नुभयो।
उहाले भूकम्पबाट निकै प्रभावित जिल्लामा सरकारले शसक्त ढंगले काम गरेको दाबी गर्नुभयो। बिपतको घडिमा नेपालका साथै बिदेशबाट पनि निकै सहयोग प्राप्त भएको भन्दै सबै नेपालीहरु एक भएर लाग्नुपर्ने बताउनुभयो। उहाले भवन निर्माणका लागी छिटै दिर्घकालीन निती ल्याउने जानकारी समेत दिनुभयो। कार्यक्रममा सिंनामंगल स्थीत तपस्ष टे«डर्स सिनामंगलले शव वहान र एम्बुलेन्सलाई निशुल्क पेट्रोल र डिजेल दिने घोषणा गरेको थियो ।
}