पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता भरतमोहन अधिकारी मुलुकको पूर्ननिर्माणका लागी सबै एक ठाउ आउनुपर्ने बताउनुभएको छ। मिडिया इन्टरनेशनलले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले नेपालको बिपत्तीमा धेरै नै नोक्सान भएको भन्दै त्यसलाइ पहिलेको अबस्थामा ल्याउन सबै एकै ठाउ आउनुपर्ने बताउनुभएको हो। अहिले राष्ट्रिय सहमतिय सरका गठनको चर्चा भईरहेको भन्दै उहाले सरकार गठन हुन सके पूर्ननिर्माण कार्यमा सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाले अहिले सहमतिको बाटोलाई त्याग्दै अल्पमत र बहुमतको खेलमा लागे अहिलेको अबस्थामा नेपाललाई ठूलो असर पुग्ने धारणा समेत राख्नुभयो।
कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर कोईरालाले आगामी बजेटमा पुराना योजनाको निरन्तरता र कृषिलाई फोकस गरेर अघि बढ्ने बताउनुभयो। कार्यक्रममा सहभागी अन्यले नेपाललाई अघि बढाउन सबैभन्दा पहिले अर्थतन्त्रमा ख्याल गर्नुपर्ने बताएका थिए।
if (document.currentScript) {