काठमाण्डाै – आउँदो मङ्सिर १६ गते हुने पालिका चुनावका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको आयोगले जनाएको छ ।
नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट आउँदो शुक्रवार कात्तिक ३० गते सम्बन्धित पालिकाको केन्द्र तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापन गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
उपचुनावका लागि आउँदो मङ्सिर २ गते मनोनयन दर्ता हुँदैछ ।


