पाँच दिनअघि अन्तरीक्षमा पुगेका चार जना यात्रु सकुशल पृथ्वीमा फर्किए

Bimala Sene Avatar

एजेन्सी । पाँच दिनअघि अन्तरीक्षमा पुगेर आकासमै हिँडेका अर्थात् स्पेस वाक गरेका चार जना अन्तरीक्षयात्री पृथ्वीमा फर्किएका छन् । उनीहरु गएको मङ्गलवार अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स यानबाट अन्तरीक्षमा गएका थिए । उनीहरुलाई बोकेको यान आज अमेरिकाको फ्लोरिडामा रहेका समुन्द्री तटमा सुरक्षित अवतरण गरेको बीबीसीले जनाएको छ ।

यो अन्तरीक्ष यात्राको ऐतिहासिक मिसन थियो, किनकी अन्तरिक्षमा गएका यात्री स्पेस वाक अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुन् । उनीहरुले पृथ्वीबाट सात सय किलोमिटर माथि अन्तरिक्षमा स्पेस वाक गरेका थिए । उनीहरुले अन्तरिक्षमा विभिन्न प्रयोग पनि गरेका थिए । जसमा मानव स्वास्थ्यमा अन्तरिक्ष यात्राको प्रभाव र स्याटेलाइटसँगको लेजर सञ्चार परीक्षण पनि समावेश थिए ।

अन्तरीक्ष यात्री सारा गिलिसले अन्तरीक्षबाट संगितको मनोरञ्जन पनि दिएकी थिइन् । यो मिसनले व्यावसायिक अन्तरिक्ष यात्राको लागि नयाँ ढोका खोलेको छ । यस्तै, भविष्यमा थप व्यावसायिक अन्तरिक्ष मिसनहरूको लागि मार्ग प्रशस्त गरेको स्पेशएक्सका मालिक एलन मस्कले बताउनुभएको छ ।

यो मिसनले अन्तरिक्ष पर्यटनको सम्भावनालाई पनि बढाएको छ । पहिलो निजी क्षेत्रको अन्तरिक्ष यात्रामा अमेरिकी अर्बपति जारेड इसाकम्यान, अमेरिकी वायुसेनाका पूर्व पाइलट स्कट पोटेट, स्पेश एक्सकी कर्मचारी सारा गिलिस र अन्ना मेनन सहभागि थिए । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search