पहिलो एनआरएनए कपको उपाधि बीवाइएनसीलाई

Bimala Sene Avatar

लन्डन । पहिलो एनआरएनए कपको उपाधि बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ । एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा आयोजना गरेको प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स प्राप्त ग¥यो ।

उपविजेता बनेको प्लमस्टिड गनर्सले एकहजार पाउण्ड नगद र मेडल्सा चित्त बुझाउनु प¥यो । उता, भेट्रान वीनर ड्याडीज एफसी बन्यो । उसले एक हजार पाउण्ड नगद र मेडल्स् प्राप्त ग¥यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउण्ड नगद र मेडल्स् पायो । नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ । त्यसैगरि, भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए ।

प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए आइसीसी सदस्यहरु कुमार थापा, रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए । बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रमुख अतिथी सांसद बेकरले फू सांसद निर्वाचित भएपछि नेपालीको पहिलो विशाल कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता व्यक्त गर्दै खेलले सबै समुदायलाई एकतावद्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा नेपालीहरुको बढ्दो उपस्थितिले थप समृद्ध बनेको उल्लेख गर्दै भूतपूर्व गोर्खाहरुका जायज माग सम्बोधनका लागि आफू गम्भीर भएर लाग्ने प्रण पनि गरिन् ।

अध्यक्ष प्रेम गाहामगरले पहिलो एनआरएनए कप पूर्ण सफल भएको जनाउंदै उत्साहजनक सहभागिताका लागि आमदर्शक, आर्थिक सहयोग गर्ने प्रायोजक, दाता एवं खेलाडीहरुप्रति आभार व्यक्त गरे ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search